मंसिर ०७, २०८१, शुक्रबार
               

ढुंगा, गिटी निकासी गर्ने संघीय सरकारको नीतिप्रति प्रदेश–२ सरकारको आपत्ति

नेपाल फ्ल्यास
जेठ २०, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रदेश–२ सरकारले संघीय सरकारको चुरेको ढुंगा, गिटी निकासी नीतिप्रति आपत्ति जनाएको छ ।

सरकारले बजेटमा चुरे क्षेत्रको गिटी ढुंगा निकासी गरी व्यापार कम गर्ने भनी उल्लेख गरेको भनी चौतर्फी विरोध भइरहेका बेला प्रदेश नं २ मुख्यमन्त्री लालबाबु राउतले एक विज्ञप्ति जारी गर्दै  आपत्ति जनाएका हुन् । साथै,  प्रदेश २ले सो कार्यक्रमलाई सच्याउन आग्रह गरेको छ । 

केन्द्र सरकारले निर्णय नसच्याए प्रदेश नम्बर २ ले चुरे संरक्षण तथा प्राकृतिक सम्पदा रक्षार्थ आवश्यक निर्णय लिने चेतावनी मुख्यमन्त्री राउतको छ ।


कस्तो लाग्यो ?

यो पनि