काठमाडौं । सर्वोच्च अदालतमा मन्त्रिपरिषद विस्तारविरुद्ध रिट दायर भएको छ । केही दिनअघि केपी शर्मा ओलीद्वारा विस्तारित मन्त्रिपरिषदविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतका कानुन व्यवसायीले उनीविरुद्ध रिट दायर गरेका हुन् ।
‘कामचलाउ सरकारले मन्त्रिपरिषद विस्तार गर्नु संविधानविपरीत हो ,’ सो रिटमा छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जनता समाजवादी पार्टीका १० जना र नेकपा एमालेका २ जना नेतालाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका थिए ।