नेकपा एमालेकाे जारी केद्रीय समितिकाे बैठकमा केन्द्रीय सदस्य महेश बस्नेतले ८ बुँदे प्रस्ताव राखेका छन् ।
आजकाे बैठकमा नेता बस्नेतले राखेका प्रस्तावहरू यस्ता छन्
१) संघीयताबारेमा समीक्षा गरौं।
२) मुलुकको विशिष्ट पहिचान घोषणा गरौं।
३) धर्मनिरपेक्षताको बारेमा बहस गरौं।
४) शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाऔँ।
५) दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री नबनाउने संवैधानिक व्यवस्था कायम गरौं।
६) पार्टी अध्यक्ष २ कार्यकाल र पदाधिकारीको ३ कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था गरौं।
७) पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा युवाहरुको ४० प्रतिशत सुनिश्चित गरौँ।
८) पार्टी महाधिवेशनको राजनैतिक प्रतिवेदन र विधान अनि चुनावको घोषणापत्रमा यो विषय सम्बोधन गर्न यो बैठकबाट कार्यदल बनाएर जाऔँ।