मंसिर ०७, २०८१, शुक्रबार
               

सर्वोच्चमा आज प्रतिनिधसभा विघटनको मुद्दामा सभामुखको तर्फबाट बहस हुँदै

नेपाल फ्ल्यास
असार २०, २०७८

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतमा आज प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सभामुखको तर्फबाट बहस हुने भएको छ । गत शुक्रबार सरकारी पक्षका कानून व्यवसायीको बहस सकिएपछि सभामुखको तर्फबाट बहस गर्न बाँकी रहेको छ ।

सरकारी पक्षलाई छुट्याइएको १५ घण्टा मध्ये सरकारी वकिललाई ७ र प्रधानमन्त्रीका निजी वकिललाई ७ घण्टा छुट्याइएको हो । त्यसबाट १ घण्टा सभामुखका वकिललाई छुट्टाइएको छ । 

सभामुखको सचिवालयका अनुसार वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लवकुमार मैनाली, उपेन्द्र केशरी न्यौपाने र अधिवक्ता मेघराज पोखरेल तथा श्रीकृष्ण सुवेदीले सभामुखको तर्फबाट बहस गर्ने छन् । त्यसपछि निवेदक पक्षले जवाफ दिनेछन् । जवाफ सकिएपछि अदालतको सहयोगी (एमीकस क्युरी) को बहस हुनेछ। 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

अघिल्लो आइतबार रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएको थियो । 
 


कस्तो लाग्यो ?

यो पनि