काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकामा निर्वाचन आयोगले राजनीतिक दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको मिति तोकेको छ ।
सत्तारुढ नेकपा एमाले र जनतासमाजवादी पार्टीको विवाद मिलाउन नसकिरहेको आयोगले असार ३१ गते दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको हो ।
सोमबार प्रतिनिधि सभाको निर्वाचन कार्याक्रम सार्वजनिक गर्दै आयोगले दल दर्ताको मिति तय गरेको हो ।