मंसिर ०७, २०८१, शुक्रबार
               

माओवादी केन्द्रका नेता महादेव यादवको निधन

नेपाल फ्ल्यास
असार २२, २०७८

ADVERTISEMENT

काठमाडौ‌ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित भएका ५७ वर्षीय यादवको सोमबार बेलुकी आफ्नै घरमा निधन भएको हो ।

उनले २०३६ सालदेखि राजनीति सुरू गरेका थिए । त्यस्तै २०४८ सालमा जनमोर्चाबाट बालबाखर गाविस उपाध्यक्ष भएका थिए ।

यादवको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दु:ख व्यक्त गरेका छन् । प्रचण्डले शाेक वक्तव्य जारी गर्दै यादवको निधनले देश र पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै दुख व्यक्त गरेका हुन् ।

जनयुद्धमा सक्रियतापूर्वक सहभागी यादव सरल, जुझारू र क्रान्तिकारी योद्धा भएकाे वक्तव्यमा उल्लेख छ । यादवका श्रीमती, दुई छोरी र एक छोरा छन् ।


कस्तो लाग्यो ?

यो पनि