नेकपा एमालेको एकता कार्यदलले शनिबार पनि सहमति जुटाउन असफल भएको छ । शनिबार सिंहदरबारमा कार्यदलले छलफल गरेपनि त्यसलाई निष्कर्षमा पुर्याउन सकेन् ।
आइतबार सहमतिलाई अन्तिम रुप लिइने नेता गोकर्ण विष्टले दाबी गरेका छन्- ‘भोलि सुखद समाचार सुन्न पाउनुहुन्छ ।’लामो समयदेखि अनौपचारिक सम्वादमा रहेका दोस्रो तहका नेताहरूले सोमबारदेखि कार्यदल स्तरमा छलफल गरेका थिए ।
एमालेलाई एकतावद्ध बनाएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि भोलि सार्थक सन्देश दिने अवस्थामा कार्यदल आइपुगेकाे दाबी गरिएकाे छ । सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनको मुद्दामा के गर्ने भन्ने समझदारी बन्न नसकेकाे बुझिएकाे छ ।