मंसिर ०७, २०८१, शुक्रबार
               

सर्वोच्च परिसरमा उच्च सुरक्षा सतर्कता, काठमाडौंका सडकमा सात सय प्रहरी परिचालन

नेपाल फ्ल्यास
असार २८, २०७८

ADVERTISEMENT

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको फैसला सोमबार सुनाउन सक्ने अवस्थालाई मध्यनजर गर्दै अदालत परिसरमा सुरक्षा सतर्कता बढाइएको छ । सर्वोच्च अदालत रामशाहपथ वरपर अहिले बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

फैसला आएमा पक्ष वा विपक्षमा हुनसक्ने गतिविधि नियन्त्रणको लागि  सुरक्षास्थित मजबुत बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । काठमाडौंका सडकमा अहिले ७ सयको हाराहारीमा प्रहरी परिचालन गरिएको छ ।

मुख्य सडकहरूमा अहिले नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बलको पनि बाक्लो उपस्थिति देखिन्छ ।

जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । यो दोस्रो पटकको विघटन हो । विघटनका विरुद्ध परेको रिट सोमबार  पेसी चढेको छ। र सोमबारै फैसला आउन सक्ने आँकलन गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि