मंसिर ०७, २०८१, शुक्रबार
               

दुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेश

नेपाल फ्ल्यास
असार २८, २०७८

ADVERTISEMENT

सर्वोच्च अदालतले प्रतिनिधसभा विघटन असंवैधानिक ठहर गर्दै दुई दिनभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको छ ।

प्रधान न्यायाधीश चोलेन्द्र सम्सेर राणाको नेतृत्वको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो । 

फैसलासँग प्रधानमन्त्री ओलीको पद जाने छ भने दुईपटक उनले गरेका विघटन असंवैधानिक ठहरिएका छन् ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन् ।

सर्वोच्च अदालतको पाँच सदस्यीय संवैधानिक इजलासले ७ दिन भित्र प्रतिनिधिसभा बैठक बोलाउनसमेत आदेश जारी गरेको छ ।

प्रतिनिधिसभा पुन:स्थापनाको माग राख्दै कांग्रेस सभापति देउवासहित १४६ जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यो पनि