काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्दै छन् ।
देउवाले पार्टीका शीर्ष नेताहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका छन् । कांग्रेसका शीर्ष नेता देउवा निवास पुगिसकेका छन् ।
पार्टीका नेताहरूसँगको आन्तरिक छलफलपछि देउवाले विपक्षी गठबन्धनका नेताहरूसँग समेत आजै छलफल गर्ने बताइएको छ ।
सर्वोच्च अदालतले दुई दिनभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने परमादेश दिएसँगै नयाँ सरकार निर्माणका सन्दर्भमा छलफल गर्न लागिएको हो ।