नेपाली कांग्रेसका युवानेता तथा सांसद् गगन थापाले सर्वोच्च अदालत स्वागतयोग्य रहेकाे बताएका छन् । प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेका कार्यकर्ताले गरेकाे आन्दोलनलाई इंगित गर्दै दम्भ र अंहकारकाे मुर्ख नगर्न आग्र गरेका छ ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेता थापाले उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कतैबाट नहोस् भने । अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गर्न नसकिने भन्दै उनले भने-'उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कतैबाट नहोस् भन्ने आशा गराैं । नत्र भिरबाट खस्नेलाई रामराम।'