काठमाडौं । सरकारमा पठाउनेबारे मन्त्रीबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीको बारे निर्णय गर्ने एक नेताले जानकारी दिए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै छन् ।
आजै विपक्षी गठबन्धनलाई समेत समेटेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी देउवाले गरेको हुँदा सरकारमा पठाउनेबारे मन्त्रीबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो ।