काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् ।
सर्वोच्च अदालतको परमादेश सँगै बडालले आज पदबाट राजीनामा दिएका हुन् ।
अदालतले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।