मंसिर ०७, २०८१, शुक्रबार
               

विश्वमा पहिलोपटक अदालतले प्रधानमन्त्री बनाउने काम गर्‍यो : ओली

नेपाल फ्ल्यास
असार २९, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री केपी ओलीले विश्वको इतिहासमा पहिलोपटक प्रधानमन्त्री नियुक्ति अदालतले गरेको बताएका छन्। उनले प्रधानमन्त्री हटाउने र प्रधानमन्त्री बनाउने काम अदालतले गरेको बताए-‘विश्वको इतिहासमा पहिलोपटक अदालतले प्रधानमन्त्री बनाउने र प्रधानमन्त्री हटाउने काम गरेको छ,’

साथै ओलीले आफ्नै पार्टीका २६ जना अराजक सांसदका कारण प्रधानमन्त्री पद गुमाउनु परेको बताएका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले आफ्नै दलका ती २६ जना विद्रोही मात्र नभई अराजक भएर विपक्षीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर लिएर राष्ट्रपतिकोमा गएको उल्लेख गरे । आफ्नो पक्षका खेलाडीलाई पास गर्नुपर्ने बल विपक्षी दललाई पास गरेको टिप्पणी गरे ।

आफूसँग जनादेश हुँदाहुँदै  परमादेशबाट बाहिरिए पनि प्रधानमन्त्री ओलीले अब जनताको फैसलाको लागि आफू तयार भएको बताएका छन् । ‘अब जनतामा जाने दिन आओस,‘उनले भने, ‘जनताले आफ्नो उचित फैसला दिने छन् ।’ तर, उनले अदालतको फैसला अनुचित आए पनि त्यसलाई पालना गरेर अघि बढ्ने उल्लेख गरे ।


कस्तो लाग्यो ?

यो पनि