काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिलाउन नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधव नेपाल समूहले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
प्राप्त जानकारी अनुसार सकभर सिंगो एमालेलाई नै विश्वासको त दिन लगाउने र नभए आफूहरुले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने नेपाल समूहका केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिए ।
एमालेको नेपाल समूहका २३ सहित १४६ जना सांसदले हस्ताक्षर गरेर सर्वोच्च अदालतमा रिट हालेपछि प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले पद छाड्न बाध्य भएका छन् । सर्वोच्च अदाले उक्त रिटमाथि फैसला सुनाउँदै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
सर्वोच्चको फैसलापछि संविधानको धारा ७६ (५) बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त भइ कार्यभार ग्रहण गरिरहेका छन् । तर, देउवाले ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्छ ।
सर्वोच्चको फैसलामा संविधानको धारा ७६ (५) अन्तर्गत नियुक्त भएका प्रधानमन्त्री देउवले विश्वासको मत लिँदा दलीय ह्वीप नलाग्नेसमेत उल्लेख छ ।