मंसिर ०७, २०८१, शुक्रबार
               

निवर्तमान प्रधानमन्त्री ओली बालुवाटारबाट बालकोट फर्किँदै

नेपाल फ्ल्यास
असार ३०, २०७८

ADVERTISEMENT

नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास छोड्दै गर्दा उनको स्वागतमा एमाले कार्यकर्ताहरू पुगेका छन् । अहिले ओली बालुवाटारबाट काठमाडौंका विभिन्न भोक परिक्रमा गर्दै बालकोट जादैछन् । भारी वर्षाका बाबजुद पनि एमाले भातृसंगठनले मोटरसाइकल र्‍याली गरेको छ ।

ओली गाडीमा अघि अघि छन् भने ¥यालीले उनलाई पछ्याइरहेको छ । बालुवाटार, दरबारमार्ग, त्रिपुरेश्वर बानेश्वर कोटेश्वर हुँदै बालकोट जाने कार्यक्रम छ । ओलीलाई स्कर्टिङ र स्वागत गर्दै बालुवाटारबाट निजी निवास बालकोटसम्म पु¥याउने एमालेका भातृसंगठनहरुले बताएका छन् । 

२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् । देउवाले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै बुधबार साँझ नै कार्यभार सम्हालेका छन् ।

 

यो पनि