नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालकोटस्थित निजी निवास पुगेका छन् । बालुवाटारको ४१ महिने बसाइँपछि उनी बुधबार बालकोट पुगेका हुन् । ओलीको बालुवाटार बिदाइ तथा बालकोटमा स्वागतमा दर्जनौँ चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरूले बालुवाटारबाट स्कर्टिङ गर्दै बालकोट लगेका हुन् ।
वर्षाको बाबजुद पनि सयौँ कार्यकर्ता ओलीको घरसम्म पुगेका छन् । ओली घर पुग्नासाथ दियो कलका साथमा स्वाग गरियो । त्यसपछि ओली छतमा पुगेर आफूलाई घरसम्म छाड्न आउने समर्थकलाई हात हल्लाएर धन्यवाद दिए । अहिले ओली घरमा परिवार तथा सुभेक्षुकसंग छन् । घर बाहिर ओलीका समर्थक बाजागाजाको साथमा नाराबाजी गरिरहेका छन् । अहिले समर्थकहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबिरुद्ध समेत नाराबाजी गरिरहेका छन् ।
२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् । देउवाले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै बुधबार साँझ नै कार्यभार सम्हालेका छन् ।