काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली समूहका युवाहरुले नेता माधव नेपालको घर घेर्ने तयारी गरेका छन् । सुरक्षा स्रोतका अनुसार ओलीलाई बुधबार बालुवाटारबाट बालकोट पुर्याएको युवा दस्ताले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारी गरेको हो ।
सुरक्षा स्रोतका अनुसार युवाहरुको टोलीलाई माधव नेपालको घरतर्फ जानबाट रोक्न प्रहरी परिचालन गरिएको छ ।
आज मात्रै बालकोट पुगेका ओलीले नेता नेपाललाई एमालेमा कुनै स्थान नभएको बताएका थिए । ओली समूहका युवाहरुले भने नेपाललाई फाँसी दिन माग गरेका थिए ।