काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश प्रमुख अमिक शेरचनबीच भेटवार्ता भएको छ ।
हालै प्रदेश प्रमुख नियुक्त भएका शेरचनसँग मुख्यमन्त्री पोखरेलले शनिवार बिहान भेटवार्ता गरेका हुन् ।
भेटमा मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेश सरकारले गरेका काम र प्रगतिबारे प्रमुख शेरचनलाई जानकारी गराएका छन् ।