मंसिर ०७, २०८१, शुक्रबार
               

साउन २४ मा एमाले केन्द्रीय कमिटीको बैठक बस्ने

नेपाल फ्ल्यास
साउन १७, २०७८

ADVERTISEMENT

नेकपा एमालेले साउन २४ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

भदौमा आयोजना गरिएको विधान अधिवेशन बारेमा छलफल गर्नका निम्ति  केन्द्रीय कमिटीको बैठक बोलाइएको बैठकपछि एमाले महासचिव इश्वर पोखरेलले जानकारी दिए । 'हामीले भदौ २७ र २८ गते विधान अधिवेशन गर्दैछौं, त्यसका लागि थप निर्णय गर्न २४ गते बैठक बोलाएका हौ', पोखरेलले भने । 

विधान अधिवेशनका लागि पार्टीका सदस्यको सदस्यता नवीकरण र अध्यावधिक भइसक्ने र असोज ९ गतेसम्म पालिकास्तरका अधिवेशन पनि गरिसक्ने निर्णय भएको समेत महासचिव पोखरेलले जानकारी दिए ।

उनलेे भने, 'असोज ३ गतेसम्म वडा तह र ९ गतेसम्म पालिका तहका अधिवेशन गरिसक्ने निर्णय पनि भएको छ ।' पार्टी एकताको प्रक्रिया र  गतिविधि पनि सँगसँगै अघि बढ्ने उनलेे बताए ।


कस्तो लाग्यो ?

यो पनि