मंसिर ०७, २०८१, शुक्रबार
               

सरकारले दमन सुरु गरिसक्यो : ओली

नेपाल फ्ल्यास
साउन १७, २०७८

ADVERTISEMENT

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दमन गर्न सुरु गरिसकेको बताएका छन् । तुलसीलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफू सरकारबाट हटेसँगै दमन सुरु भएको बताएका हुन् ।

यो देशमा विकास र सुशासनका लागि कम्युनिस्ट नै चाहिन्छ भनेर आफूले स्थापित गरेको बताउदै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अहिलेको देउवा नेतृत्वको सरकार  विभिन्न कार्यक्रमहरूमा बन्देज लगाउन सुरु गरेको बताए । उनले भने, ‘हामी सरकारबाट हट्यौं । सरकारबाट हटेको भोलिपल्ट स्काउट जस्ता संस्थालाई चल्न दिइएन । स्काउटविरुद्ध जुलुस निकाल्न थालियो ।'

सरकारले २०० मान्छेलाई भेला हुन नदिएको तर त्यसको भोलिपल्ट त्यही ठाउँमा अर्को पार्टीले साढे ४०० मान्छे जम्मा गरेर कार्यक्रम गरेको ओलीले बताए । 'स्काउटका कार्यकर्ता विभिन्न जिल्लाबाट आउँदा बस-बसबाट उतार्ने काम भयो । खाना नदिएर रोक्ने काम भयो । सभा गर्न दिइएन । दमन शुरु भइसक्यो । मान्छेहरु निष्कासन हुन थालिसके', ओलीले भने ।

सरकारको यो कदम अलोकतान्त्रिक तरिका र भद्दा राजनीतिकरण भएको समेत ओलीले आरोप लगाए । यस्ता कदम सच्याउन सरकारलाई खबरदारी गर्दै ओलीले आवश्यक परेमा प्रतिरोध समेत गर्ने बताए । भने, 'प्रतिवाद पनि गर्छौं र आवश्यक पर्योक भने प्रतिरोध पनि गर्छौं ।'


कस्तो लाग्यो ?

यो पनि