बुटवल । लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वली नेकपा एमालेमै फर्किएकी छन् ।
सांसद वलीले आफू नेकपा एमालेमै फर्किएको बताएकी हुन् ।
सोमबार विज्ञप्ति प्रकाशित गरी उनले आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै फर्किएको बताएकी छन् ।
तत्कालिन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित उनी एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्रमा लागेकी थिइन् ।