मंसिर ०७, २०८१, शुक्रबार
               

युथ फोर्स र साइबर सेनाको एमालेभित्रैबाट विरोध सुरु

नेपाल फ्ल्यास
साउन १९, २०७८

ADVERTISEMENT

काठमाडाैं । नेकपा एमाले नेता महेश बस्नेतको नेतृत्वका गठन भएको ‘युथ फोर्स’ र ‘साइबर सेनालाई’ पार्टीको विधानले नचिन्ने भन्दै एमालेभित्रैबाट विरोध सुरु भएको छ । के–कस्ता जनवर्गीय सङ्गठन र भ्रातृसंस्था बनाउने भन्ने निर्णय कुनै व्यक्तिको लहडमा नभएर पार्टीको विधानअनुसार हुनुपर्ने भन्दै एमालेभित्रैबाट युथ फोर्स र साइबर सेनाको विरोध भएको हो । 

एमाले नेताले बनाएका युथ फोर्स, अखिल फोर्स र आइटी आर्मी जस्ता मोर्चाहरूबारे नेकपा एमालेका एक नेताले भने, ‘यस्ता सङ्गठनहरू विधानविपरीत छन् र यसले वैचारिक–राजनीतिक विषयलाई छायामा पारेर जनतामा पार्टीलाई बदनाम बनाउने काम गर्दछ ।’

ओली पक्षका अर्का एक केन्द्रीय नेताका अनुसार आगामी केन्द्रीय कमिटीको बैठकमा युथ फोर्स र साइबर सेनाको वैधानिकताबारे केही नेताले प्रश्न उठाउने तयारी गरेका छन् । यसबारे भदौमा हुने विधान महाधिवेशनमा प्रश्न उठाउने  र विधानले नचिन्ने मोर्चा खारेजीका माग गर्ने ओली पक्षकै केही नेताहरूको तयारी रहेको बुझिएको छ ।

पछिल्लो समय एमालेका विभिन्न समूहमा फोर्सहरू गठन गर्ने होडबाजी नै चलेको छ । महेश बस्नेतले युथ फोर्स र साइबर सेना  बनाएका छन् भने माधव नेपाल पक्षले अखिल फोर्स बनाएको छ । यस्तै, एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेता प्रभु साहले ‘आइटी आर्मी’ गठन गरेर रौतहटमा मोटर साइकल र्‍याली नै निकालिसकेका छन् । 

 


कस्तो लाग्यो ?

यो पनि