काठमाडाैं । एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मृगौला प्रत्यारोपण सफल भएको छ ।
केही समययता भारतको एपोलो हस्पिटल दिल्लीमा उपचाररत खनालको मृगौला प्रत्यारोपण सफल भएको हो । दिल्ली हस्पिटलमा नेफ्रोलोजिस्ट डा. अखिल मिश्रको नेतृत्वमा उनको उपचार भइरहेको थियो ।
बुधबार सर्जन डा. सन्दीप गुलरियाको नेतृत्वमा रहेको टिमले पूर्वप्रधानमन्त्रीज्यूको मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । अब केही समय अस्पतालमै आराम गरी उनी नेपाल फर्किने जनाइएको छ ।
यसैबीच, एक सूचना सम्प्रेषण गर्दै उनले आफ्नो स्वास्थ्यप्रति चिन्ता र चासो राख्ने सबैमा आभार व्यक्त गरेका छन् ।