मंसिर ०७, २०८१, शुक्रबार
               

नेपाल पक्षले बोलाएको बैठकप्रति एमालेको आपत्ति

नेपाल फ्ल्यास
साउन २०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकप्रति आपत्ति जनाएको छ ।

नेकपा एमालेले कार्यालय सचिव शेरबहादुर तामाङले जारी गरेको विज्ञप्तिमा भोलि (बिहीबार) बस्न लागेको नेपाल पक्षको बैठकलाई अनाधिकृत भन्दै आपत्ति जनाइएको छ ।

‘नेपाल कम्यनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नामबाट श्रावण १ गते बैठक आयोजना गरिएको भन्ने सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘श्रावण २१ गते एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछु । पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्याकर्ताहरुमा अपिल गर्दछु ।’

एमाले मिलनतर्फ गएको र अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता नेपालबीच भेटघाटको तयारी भइरहेको भनिएको बेला एउटा पक्षले समूहको बैठक बोलायो भने अर्कोले त्यसको प्रतिवाद गरेको छ ।

केही सदस्यहरु उपत्यका बाहिर रहेकाले आज बोलाइएको बैठकलाई नेपाल पक्षले भोलिसम्मलाई स्थगित गरेको छ ।

पार्टी भित्रको विवादबारे महत्वपूर्ण सुझाव लिन नेता नेपालले आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरुको बैठक बोलाएका हुन् ।

स्थायी कमिटीमा पटक-पटक छलफल गरे पनि स्पष्ट सुझाव पाउन नसेकेपछि केन्द्रीय कमिटी सदस्यहरुको समेत सुझाव लिएर अगाडि बढ्ने सोच नेपालले बनाएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि