नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दैछन् । प्रतिनिधिसभा पुनर्स्थापना अध्यक्ष ओलीले आज पहिलो पटक संसदमा बोल्ने कार्यक्रम तय भएको छ । साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा एमालेबाट प्रदीप ज्ञवालीले बोलेका थिए ।
लामो समयपछि ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेका हुन् । यसअघि उनले विश्वासको मत लिने लिन फागुनमा संसदमा सम्बोधन गरेका थिए । बैठक दिउँसो एक बजे बस्दैछ ।