मंसिर ०७, २०८१, शुक्रबार
               

लुम्बिनी प्रदेश : मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने

नेपाल फ्ल्यास
साउन २७, २०७८

ADVERTISEMENT

   

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने भएका छन् । प्रदेशसभामा अल्पमतमा पर्ने देखिएपछि पोखरेलले राजीनामा दिन लागेको श्रोतले बताएको छ । अहिले केही बेरमा लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजीनामा दिन लागेका हुन् ।

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज दिउँसो १ बजे बस्दैछ । मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता गराइएको अविश्वासको प्रस्ताव माथि छलफल गर्न अधिवेशन बोलाइएको हो ।

मंगलबार सर्वोच्च अदालतमा अविश्वास प्रस्तावमाथि छलफल रोक्न माग गर्दै नेकपा एमालेका सांसदले दिएको रिटमाथि सुनुवाइ नभएपछि छलफल हुने भएको हो । अविश्वासको प्रस्ताव टेबुल भएपछि आज नै यसको छिनोफानो हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रोपटक अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

यसअघि, मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनले वैशाख ६ र २६ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

८० सदस्यीय रहेको लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार स्पष्ट अल्पमतमा रहेको छ । प्रदेश सभामा सरकारलाई नेकपा एमाले माधवनेपाल पक्षसहित का ३८ जना सांसदको समर्थन रहेको छ । विपक्षी गठबन्धनमा भने सभामुख बाहेक ४१ जना सांसदको सर्मथन छ ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८ (सभामुख बाहेक), जनता समाजवादी पार्टी (जसपा)का ३ र जनमोर्चाका १ जना सांसद रहेका छन् ।

       


कस्तो लाग्यो ?

यो पनि