मंसिर ०७, २०८१, शुक्रबार
               

आज पनि माओवादीको केन्द्रको बैठक बस्दै, प्रचण्डको प्रतिवेदनमाथि छलफल

नेपाल फ्ल्यास
साउन ३१, २०७८

ADVERTISEMENT

काठमाडौं । आज पनि नेकपा माओवादीको केन्द्रीय समिति बैठक बस्ने भएको छ । उक्त बैठक बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा बैठक विहान ११ बजे बस्ने बताइएको छ ।

बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो शनिबार) प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले धारणा राख्ने माओवादी केन्द्रले जनाएको छ ।

उक्त प्रतिवेदनमाथि छलफल गर्न केन्द्रिय सदस्यहरुलाई विभिन्न आठ समूहमा विभाजन गरिएको छ । प्रस्तावमाथि छलफल गरेर आवश्यक राय सुझाव संकलन गर्ने र छलफलबाट प्राप्त निष्कर्ष बैठकमा प्रस्तुत हुनेछ ।

संविधानको रक्षा, प्रतिगमनविरुद्धको लडाईं, एवं मुलुकको समस्या समाधानका लागि गठबन्धनको निरन्तरता आगामी निर्वाचनसम्म लैजाने प्रस्ताव अध्यक्ष प्रचण्डले बैठकमा राखेका छन् । 


कस्तो लाग्यो ?

यो पनि