मंसिर ०७, २०८१, शुक्रबार
               

सभामुखकाे निर्णय मान्य हुँदैन : नेकपा एमाले लुम्बिनी

नेपाल फ्ल्यास
भदौ ०६, २०७८

ADVERTISEMENT

एमाले संसदीय दल लुम्बिनी प्रदेशले आइतबार पत्रकार सम्मेलन गरी सूर्य चिह्नबाट चुनाव लडेका अजय शाही र विमला वलीलाई पदमुक्त नगर्दासम्म प्रदेशसभा घेराउ जारी राख्ने र प्रदेशसभा चल्न नदिने बताएको छ ।

आइतबार सभामुख पूर्णबहादुर घर्तीले उनीहरलाई कारबाही गर्न नमिल्ने भन्दै पत्रसहित दिएको जवाफप्रति एमालेले उक्त चेतावनीपूर्ण जवाफ फर्काएको हो । मालेले दलको ह्वीप उल्लंघन गरेको भन्दै शाही र वलीलाई कारबाही गर्न प्रदेशसभा सचिवालयमा पत्र दिएको थियो। 

शाहीलाई प्रदेश मुख्यमन्त्री कुलप्रसाद केसीलाई सहयोग गरेर मन्त्री बनेको र वलीलाई आफ्नै दलको संसदीय दलको नेता विरुद्ध लागेको आरोप एमालेले लगाएको थियो। संसद सचिवालयको कारवाही नहुने पत्रपछि पत्रकार सम्मेलन गरी एमाले संसदीय दलले सभामुखले संसदीय मूल्य मान्यता विपरित स्वेच्छाचारी र निरंकुश व्यवहार देखाएको भन्दै सांसद शाही र वलीलाई कारबाही नगरेसम्म संसद चल्न नदिने बताएको हो।

लुम्विनी प्रदेशका एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निज विमलाकुमारी खत्री वली र अजय शाहीलाई प्रदेश सभा सदस्यबाट निष्काशन नगर्दासम्म हाम्रो दलले अगाडि बढाएको संसद अवरुद्ध गर्ने आन्दोलन जारी रहेको यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौं ।’

२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा सूर्य चिह्न लिएर निर्वाचन जितेका शाही हाल नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा मन्त्री भएका छन्।  त्यस्तै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाबाट प्रदेशसभा उपनिर्वाचन जितेकी वलीले एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी छन् ।


कस्तो लाग्यो ?

यो पनि