मंसिर ०७, २०८१, शुक्रबार
               

अष्टलक्ष्मीलाई बधाई दिँदै शुरू भयो एमाले बैठक (तस्बिरसहित)
१० बुँदे कार्यान्वयन मुख्य एजेण्डा

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । 

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

बैठकमा मध्यमार्गी भनिएका माधव नेपालसँग नयाँ पार्टीमा नगएका नेताहरु पनि सहभागी छन् ।

वागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई बधाई दिँदै बैठक शुरू भएको छ । माधव नेपाल कित्तामा रहेकी शाक्यले एमाले एकता जोगाउन भन्दै १० बुँदे सहमति कार्यान्वयनलाई जोड दिँदै संस्थापन पक्षलाई साथ दिएकी थिइन् ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा विभाजनतर्फ नलागेको नेताहरूसहितको बैठकमा १० बुँदे कार्यान्वयन गर्दै पार्टी संगठनलाई जेठ २ मा फर्काउने सहमति भएको थियो । १० बुँदे कार्यान्वयनको समय तालिका र मोडालिटी बनाउने बैठकका एजेण्डा छन् ।

बैठकमा एमाले विभाजन नरोजेका नेताहरू पनि छन् । बैठकमा माधव नेपाल पक्षका १४ स्थायी कमिटी सदस्यमध्ये अमृत बोहरा, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी छन् ।

त्यस्तै बैठकमा पूर्वमाओवादी नेताहरू पनि सहभागी भएका छन् । रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा बैठकमा सहभागी भएका छन् ।

जेठ २ मा फर्कन पूर्वमाओवादीसहितको बैठक बस्ने कि पूर्वमाओवादी बिनाको बस्ने भन्ने लामो गलफन्दी एमालेमा चलेको थियो ।

अन्ततः जेठ २ मा फर्कर्ने सहमति कार्यान्वयन गर्न पूर्व माओवादीसहितको बैठक बसेको हो ।


कस्तो लाग्यो ?

यो पनि