काठमाडौं । दल दर्ता गर्ने प्रयोजनका लागि हस्ताक्षर सनाखत गर्न नेकपा (एकीकृत समाजवादी) का नेताहरु निर्वाचन आयोग गएका छन् ।
पार्टी अध्यक्ष माधव नेपाल सवैभन्दा पहिला आयोग पुगेका थिए । त्यसपछि रामकुमारी झाँक्री, प्रेम आले, किसन श्रेष्ठ लगायतका नेताहरु आयोग पुगेका थिए भने नेताहरु चन्द्रागिरीबाट पर्यटक बस चढेर गएका थिए । दुई दिनयता नेपाल पक्षीय नेताहरु भेलाको नाममा चन्द्रागिरिको रिसोर्टमा बसेका थिए ।
एमालेबाट फुटेर नयाँ दल बनाएका उनीहरुलाई आयोगले सनाखतका लागि बिहान ११ देखि २ बजेसम्मको समय दिएको छ ।