मंसिर ०७, २०८१, शुक्रबार
               

प्रतिनिधिसभा बैठक ७ गतेसम्मका लागि स्थगित

नेपाल फ्ल्यास
असोज ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी बिहीबारसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच ‘विनियोजन विधेयक २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित गर्दै बैठक स्थगित गरिएको हो ।

दुबै विधेयक अर्थमन्त्री जनार्दन शर्माले पेश गरेका थिए । आज बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसदको नाराबाजीकाबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कार्यसूची अघि वढाएका थिए ।

प्रतिनिधिसभाबाट पारित भएको विनियोजन विधेयक अब भोलिको राष्ट्रियसभा बैठकमा पेश हुनेछ ।
 


कस्तो लाग्यो ?

यो पनि