काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। केन्द्रीय कमिटी बैठक असोज ८ गते ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाइएको हो ।
विधान महाधिवेशनको तयारीका लागि छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए। बैठकमा विधान महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदन, संगठनात्मक र विधान संशोधन प्रस्तावमाथि छलफल हुने जनाइएको छ।
एमालेको विधान महाधिवेशन १५ देखि १७ असोजसम्म काठमाडौँमा हुने तय गरिएको छ। यसअघि साउनमा तय गरिएको विधान महाधिवेशन सरेको थियो।