काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरु हुँदैछ । ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको बैठकअघि समूहगत छलफल भैरहेको छ । एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल बैठक स्थलमा आइपुगेका छैनन् ।
शुक्रबारबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो । शुक्रबार विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्ताव बैठकमा पेस भएको थियो । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन,महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि शुक्रबारबाटै समूहगत छलफल जारी छ ।
छलफलका लागि केन्द्रीय कमिटीमा १० वटा समुह बनाएर समूहगत छलफल थालिएको छ। एमालेले आगामी असोज १५ देखि १७ गतेसम्म पहिलो विधान महाधिवेशन गर्दैछ ।