एमालेको विधान महाधिवेशनले राजनीति प्रतिवेदन र सांगठनिक प्रस्तावलाई संशोधनसहित पारित गरेको छ । ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तीन दिन चलेको प्रथम विधान महाधिवेशनले अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई संशोधनसहित पारित गरेको हो ।
यस्तै महासचिव ईश्वर पोखरेलले पेस गरेको सांगठनिक प्रस्तावलाई पनि महाधिवेशनले संशोधनसहित पारित गरेको छ । यसैगरी, विधान महाधिवेशनले उपहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पनि पारित गरेको छ ।
महाधिवेशनमा भएका भएका राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि समूहगत रूपमा छलफल भएका थिए । छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित नेताले जवाफ दिएका थिए ।