मंसिर ०६, २०८१, बिहीबार
               

एमाले प्रदेश २ कमिटीका २५ जनाले दिए सामूहिक राजीनामा

नेपाल फ्ल्यास
असोज १७, २०७८

ADVERTISEMENT

नेकपा (एमाले) प्रदेश २ कमिटीका २५ सदस्यले सामूहिक राजीनामा दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ८ बुँदे माग पेश गरेका साहको माग सम्बोधन नभएपछि उनीहरुले सामूहिक राजनीनामा दिएका हुन् ।

एमाले प्रदेश २ का सदस्यहरु उपेन्द्र साह, मनोज कुमार यादव, कुन्दन कुशवाहा, त्रिभुवन साह, सियाराम कुशवाहा, कविता साह, रामअधार कापड़, राजकुमार यादव, शिव पुजन यादव, श्रीलाल महासेठ, सिला यादव, शिव कुमार कापड, रामसिंह यादव, ईस्लाम हवारी, रामप्रित राम, महेश यादव, किसुन मण्डल, राधाकृष्ण मैनाली, शोभित यादव, फुलझरी देवी, योगेन्द्र साह, मो. सैनुला अन्सारी, मुक्ति नारायण मिश्रा, राश नारायण राय र सन्तोष मेहताले संयुक्त राजीनामा दिएका छन् ।

कम्युनिष्टमा योगदान गरेका व्यक्तिहरुलाई अवसर दिइनुपर्नेमा राजा महाराजाको शैलीमा विधि प्रक्रियाको ख्यालै नगरी चाकडी गर्नेहरुलाई मात्र अवसर दिइनु गलत रहेको उनीहरूको राजीनामा पत्रमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि