मंसिर ०७, २०८१, शुक्रबार
               

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा राजीनामाको तयारी

नेपाल फ्ल्यास
कात्तिक १५, २०७८

ADVERTISEMENT

सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज साँझ राजीनामा दिने तयारी गरेका छन् ।

गत वैशाख ३ मा विश्वासको मत लिँदा कांग्रेससँग ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमतिअनुसार शाहीले राजीनामाको तयारी गरेका हुन् ।

कर्णाली प्रदेश सरकारको आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठकबाट उनले राजीनामाको घोषणाको तयारी गरेको जनाइएको छ । तर, मुख्यमन्त्री शाहीका राजनीतिक सल्लाहकार भीमप्रसाद शर्माले केन्द्रीय सत्ता गठनबन्धनको कुनै निर्देशन नआएको अहिले एकिन भन्न नसकिने बताएका छन् ।

उनले राजीनामा दिए कांग्रेसबाट जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने चर्चा छ ।


कस्तो लाग्यो ?

यो पनि