मंसिर ०६, २०८१, बिहीबार
               

उच्चस्तरीय समिति गठन गरेर सुन तस्करीको छानबिनका गर्न एमालेको माग

नेपाल फ्ल्यास
साउन ११, २०८०

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैधरुपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेको छ ।

बैठकको शुरुमै एमाले सांसद देवेन्द्र दाहालले सुन तस्करी घटनामाथि छानबिनका लागि सरकार र विभिन्न राजनीतिक दलको प्रतिनिधित्व रहने गरी समिति गठन गर्नुपर्ने धारणा राखे । संसदीय छानबिन समिति बनाइएको खण्डमा यो समितिमा राष्ट्रियसभाका सांसदको पनि प्रतिनिधित्व हुनुपर्ने उनको भनाइ छ । 

विमानस्थलबाट सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्री, विमानस्थलका प्रमुख र भन्सारका कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्नेमा उनको जोड छ । गएको  ३ गते झण्डै एक क्विन्टल सुन विमानस्थलको बाटो हुँदै तस्करी भएको उल्लेख गर्दै सांसद दाहालले सुन तस्करीको विषय गम्भीर भएको बताए ।  
 


कस्तो लाग्यो ?

यो पनि