काठमाडौं । रोजगारीको लागि भारतमा बस्दै आएका एकै परिवारका आठ जना नेपाली कोरोना भइरसबाट संक्रमित भएको देखिएको छ ।
मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएका नेपाली परिवारहरू आठ जना सदस्यमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
सुदूरपश्चिमको अछाम मूल घर भएका उनीहरू रोजगारीको सिलसिलामा मुम्बईमा बस्दै आएको स्रोतले जनाएको छ ।