पोर्चुगलमा एक नेपाली महिलाको मृत्यु भएको छ ।
बैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेकी पर्वतकी ४० वर्षीया देवीमाया गर्बुजा पुन मगरको मृत्यु भएको हो ।
उनी पाँच वर्षदेखि पोर्चुगलमा कार्यरत थिइन् ।
गत मंगलबार उनको मृत्यु भएको गैरआबावसीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले जनाएको छ ।
देवीमायाको लिस्बनस्थित घरमा उपचारको क्रममा मृत्यु भएको हो । उनी पछिल्लो केही समयदेखि बिरामी थिइन् ।
एनआरएनएले एक विज्ञप्ति जारी गर्दै उनको निधनको खबरले सम्पूर्ण नेपालीहरुलाई अत्यन्तै दुखित् एवम् मर्माहत बनाएको जनाएको छ ।
देविमायाको दाहसंस्कार भोलि (शुक्रबार) लिस्बनमै गरिने संघले जानकारी दिएको छ ।