मंसिर ०६, २०८१, बिहीबार
               

सेनामा अनियमितता छानबिन गर्न सेल

नेपाल फ्ल्यास
कात्तिक २९, २०७६

ADVERTISEMENT

काठमाडौं : कडा अनुसाशन हुने नेपाली सेनाभित्र अनियमितता रोक्ने प्रयास सुरु भएको छ । सेनाभित्र पनि बेला–बेला अनियमिताका खबर आउन थालेपछि यस्तो प्रयास सुरु भएको हो । 
सेनाले संगठनभित्र हुने अनियमितता अनुसन्धान गर्न निरीक्षणाधिकृत विभागका उपरथीको नेतृत्वमा ‘ओभर साइट सेल’ गठन गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले खरिद, निर्माण, आन्तरिक व्यवस्थापन तथा बन्दोबस्ती र नीति निर्देशन पालनामा हुने गरेका अनियमितता छानबिन गर्न सेल गठन गरेका हुुन् ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार सेलले तत्कालका लागि सैनिक मुख्यालयअन्तर्गतका विभिन्न कार्यालयमा गत वर्ष विनियोजित बजेट सही काममा प्रयोग भएरनभएको अनुगमन गर्नेछ । सैनिक मुख्यालयअन्तर्गतका सबै कार्यालयमा टोलीले अनुसन्धान गर्नेछ । त्यसपछि मुख्यालय बाहिर जाने टोली अर्कै हुन्छ ।

यसअघि निरीक्षणाधिकृतले सेनाका कामकारबाही नीतिरनियम, आदेश, सैनिक अनुशासन पालनालगायत विषयमा आन्तरिक छानबिन गर्दै आएका थिए । अहिले भने हरेक वर्षको बजेट कार्यान्वयन र त्यसको उपयोगबारे समेत अनुसन्धान गर्न सेल खडा गरिएको कान्तिपुर दैनिकमा खबर छ । निरीक्षणाधिकृतले प्रधानसेनापति कार्यालयअन्तर्गत प्रत्यक्ष काम गर्छन् । ‘ओभर साइट सेलले गत वर्ष विनियोजित बजेट सही काममा प्रयोग भए–नभएको परीक्षण गरिरहेको छ,’ प्रवक्ता पाण्डेले भने ।


कस्तो लाग्यो ?

यो पनि