मंसिर ०६, २०८१, बिहीबार
               

सीमा विवादमा भारत ‘भ्रम’

नेपाल फ्ल्यास
मंसिर ०७, २०७६

ADVERTISEMENT

काठमाडौं : सीमा विवादलाई लिएर अहिले नेपालमा विरोध भइरहेको छ । नेपालीले आन्दोलन गरिरहेका छन् । आफू आलोचित भएपछि भारत भने सचेत भएको छ ।  नेपालमा चर्को विवाद भएपछि भारतले नक्सा तत्काल संशोधन गर्दै अर्को भ्रम छरेको छ ।
कात्तिक १५ गते जारी नक्सामा काली नदी भारतमा प्रस्ट देखिएपछि विवाद बढेको थियो। यो साता बनाएको अर्को नक्सामा काली नदी त्यहीँ छ, मात्र नाम झिकिएको छ ।
जम्मु कश्मीरलाई दुई प्रान्तमा विभाजन गरेपछि जारी नक्सामा भारतले काली नदीलाई पुरानै स्थानमा राखेको थियो । लिम्पियाधुरालाई काली नदी मुहान स्वीकार गरेको थियो । सर्भे अफ इन्डियाले तीन साता नबित्दै नवौं संस्करणको नक्सा बाहिर ल्याएको हो ।

भारतले नक्सालाई उलटपुलट गर्दै नेपाली भूमि अतिक्रमण गरिरहेको छ । सुगौली सन्धिमा नेपालको पश्चिमी सीमा काली नदी स्पष्ट छ । सन् १८५६ सम्म जारी नक्सामा काली नदीको मुहान अर्थात् लिम्पियाधुरासम्मकै भूभाग नेपाली भएको प्रस्ट भएको अन्नपूर्ण पोस्टमा खबर छ ।

सीमाविद् पुण्यप्रसाद ओलीले भारतले नक्सा बंग्याएर नेपाली भूमि अतिक्रमण गरेको विषय नयाँ नभएको बताए । ‘भारतले सन् १८५६ देखि नै ‘कार्टोग्राफिक इन्क्रोचमेन्ट’ गर्दै आएको छ,’ उनले भने, ‘यसपछि पटकपटक नक्सा बग्ंयाउने काम भइरहेको छ ।’

उनका अनुसार भारतले काली नदीलाई तीन ठाउँमा सारिसकेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि