मंसिर ०६, २०८१, बिहीबार
               

नेपालमा स्वतन्त्रता हनन भएको एम्नेस्टी इन्टरनेशनलको ठहर
‘पछिल्लो वर्ष नेपालले स्वतन्त्रतामा बन्देज लगाउन ठूलो प्रयास गरेको देखियो । पत्रकारहरु आफ्नो काम गर्दागर्दै पक्राउ परे । गीतको कन्टेटलाई आधार मानेर गायक–गायिकालाई समातियो,’ एम्नेस्टी इन्टरनेशनलका दक्षिण एशिया निर्देशक विराज पटनायिकले भने

नेपाल फ्ल्यास
माघ १६, २०७६

युवापुस्तामाझ चर्चित र्यापर भिटेनलाई गत कार्तिकमा गीतमा उत्शृंखल शब्द राखेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।
ADVERTISEMENT

मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले वर्ष २०१९ मा नेपालमा अभिव्यक्ती स्वतन्त्रतामा बन्देज लगाउने प्रयास भएको ठहर गरेको छ । सरकारले प्रस्ताव गरेको सुचना प्रविधि सम्बन्धी विधेयकले अभिव्यक्ती स्वतन्त्रतामा बन्देज लगाउन खोजेको एम्नेस्टीको निष्कर्ष छ । 
ह्युमन राईट इन एशिया प्यासेफिक रिभ्यु अफ २०१९ नामक वार्षिक समिक्षा प्रतिवेदनमा एम्नेस्टीले यस्तो उल्लेख गरेको हो ।

‘पछिल्लो वर्ष नेपालले स्वतन्त्रतामा बन्देज लगाउन ठूलो प्रयास गरेको देखियो । पत्रकारहरु आफ्नो काम गर्दागर्दै पक्राउ परे । गीतको कन्टेटलाई आधार मानेर गायक–गायिकालाई समातियो । नागरिक समाज ठूलो दबाबमा आयो,’ एम्नेस्टी इन्टरनेशनलका दक्षिण एशिया निर्देशक विराज पटनायिकले भने, ‘ संक्रमणकालीन आपराधिक घटनाको छानविन गरेर सशस्त्र द्वन्द्वका क्रममा मारिएका हजारौं पीडितका परिवारलाई न्याय दिन सरकार असफल देखियो । अपराधका अन्य घटनाको पनि सत्य–तथ्य छानविन भएको देखिएन । २०१५ को प्रलयकारी भूकम्पपछि अहिलेसम्म पनि मानिसहरुले स्थायी वासस्थान पाउन सकेका छैनन् । ’
अभिव्यक्ती स्वतन्त्रतामाथि आक्रमण 
एम्नेस्टी इन्टरनेशनलले सरकारले ल्याएका तीन नयाँ विधेयक मिडिया काउन्सिल विधेयक, सञ्चार विधेयक र सूचना प्रविधि विधेयक शाही शासनकालमा ल्याइएको विद्युतीय कारोबार ऐनजस्तै भएको जनाएको छ । यसले सञ्चार स्वतन्त्रतामा थप बन्देज लगाउने उसको ठहर छ । राष्ट्रिय मानवअधिकारवार आयोगको स्वतन्त्रतालाई बेवास्ता गर्दै सरकारले कानूनमा नयाँ संशोधन गर्न खोजेको एम्नेस्टीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि