मंसिर ०६, २०८१, बिहीबार
               

रहेनन् प्रेस स्वतन्त्रता सेनानी गुप्ता

नेपाल फ्ल्यास
माघ १६, २०७६

ADVERTISEMENT

बाँके । बाँकेका अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको निधन भएको छ । 

९२ वर्षीय गुप्ताको गएराति उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा निधन भएको हो । केही वर्षयता अस्वस्थ रहेका सेनानी गुप्ताले बुधबार साँझ बान्ता गरेपछि अस्पताल लगिएको थियो । 

सेनानी गुप्ताका छोरा तथा पूर्वनगरप्रमुख विजयकुमार गुप्ताले उपचारका क्रममा उनको निधन भएको बताए । 

नेपालगञ्जको पत्रकारितामा छुट्टै पहिचान बनाएका सेनानी गुप्ताले ‘किरण साप्ताहिक’को सम्पादक रहेर लामो समय पत्रकारिता गरेको थिए ।

पत्रकारितामा गुप्ताको योगदानको कदर गर्दै नेपाल पत्रकार महासङ्घले एक दशकअघि सेनानीको उपाधि दिएको थियो । 

अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी गुप्ताको निधनले बाँकेको पत्रकारिता क्षेत्रलाई अपूरणीय क्षति पुगेको नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले बताए । 


कस्तो लाग्यो ?

यो पनि