मंसिर ०६, २०८१, बिहीबार
               

टिपरको ठक्करबाट मनमायाको मृत्यु भएपछि...
ब्याक गरेर मारेको स्थानीयको दाबी

नेपाल फ्ल्यास
माघ १७, २०७६

ADVERTISEMENT

गोरखा । गोरखामा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । गोरखा नगरपालिका १० अमलापानीकी ५२ बर्षीया मनमाया तामाङको मृत्यु भएको हो ।

स्थानीय एक विद्यालयमा दूध पुर्‍याउन जाँदै गरेकी मनमायालाई शुक्रबार बिहान गोरखा नगरपालिका १० मा रहेको गोरखकाली क्रसर उद्योगको टिपर (ग १ ख ८०२७) ले ठक्कर दिएको हो ।

टिपरको ठक्करबाट भुइँमा लडेकी मनमायालाई टिपर ब्याक गरेर किचेर मारेको स्थानीयले दाबी गरेका छन् । घटनापछि आक्रोशित स्थानीयलले उक्त टिपरमा आगजनी गरेका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच, आक्रोशित स्थानीयले उक्त क्रसर उद्योगका दुई दर्जनभन्दा बढी टिपर तथा सवारी साधनमा तोडफोड गरेका छन् ।

स्थानीयले उक्त क्रसर उद्योग अवैध भएको दाबी गर्दै क्रसर उद्योग बन्द गराउन र पीडितलाई उचित राहत दिन माग गरेका छन् । माग पूरा नहुँदासम्म शव नउठाउने उनीहरुको अडान छ ।


कस्तो लाग्यो ?

यो पनि