मंगलबार नेपाल प्रहरीको महानिरिक्षक आइजीपीमा नियुक्त भएका ठाकुर ज्ञवालीले दर्ज्यानी चिन्ह पाएका छन् ।
बुधबार विहान गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा नवनियुक्त ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आइजीपीको दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । ज्ञवाली नेपाल प्रहरीको २७ औं महानिरीक्षक हुन् ।
उनलाई बुधबारको मन्त्रीपरिषद बैठकले प्रहरी नायव महानिरीक्षक डिआइजीबाट आइजीपीमा बढुवा गरेको हो । उनी यसअघि प्रदेश १ प्रहरी प्रमुख थिए ।
आइजीपी सर्वेन्द्र खनालले मंगलबारबाटै ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि उनको स्थानमा ज्ञवालीलाई बढुवा गरिएको हो ।