काठमाडौं । काठमाडौं महानगरपालिकाले रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ ।
सहरी यातायात सेवा थप प्रभावकारी बनाउन तथा नेपाल भ्रमण वर्षमा घुम्न आएका पर्यटकलाई समेत थप सहज बनाउन महानगरपालिका क्षेत्रभित्र रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन गरिने भएको हो ।
बुधबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अगुवाइमा विभिन्न सरोकारवाला निकायसँग भएको छलफलपछि यस्तो निष्कर्ष निकालिएको हो ।
यसअघि २०६९ भदौमा रात्रिकालिन यातायात सञ्चालनमा आएको थियो । १८ महिनापछि उक्त सेवा बन्द भएको थियो ।