इलाम : महेन्द्र रत्न बहुमुखी क्याम्पसमा लागेकाे ताला तीन महिनापछि खुलेकाे छ । अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियू)ले लगाएको ताला बिहीबार खुलेकाे हाे । क्याम्पस प्रशासनले विद्यार्थीका आंशिक माग पूरा गर्ने भएपछि अनेरास्ववियूले खोलेकाे हाे ।
अनेरास्ववियु क्याम्पस कमिटि अध्यक्ष दर्शन राई र अखिल क्रान्तिकारीका सचिव महिमा गौतमले विज्ञप्ति जारी गरेर क्यामपसमा लगाएको ताला खोलेको जानाएका छन् ।
१८ बुँदे माग राख्दै विद्यार्थीले मंसिर २ गतेदेखि ताला लगाएका थिए । लामो समय तनावमा रहेको क्याम्पस खुलेपछि शैक्षिक वातावरण सहज हुने विद्यार्थीले अपेक्षा गरेका छन् ।