काठमाडौं । जबरजस्ती करणीको आरोप लागेका नेपाल प्रहरीका एसएसपी सौरभ राणा रिहा भएका छन् ।
शुक्रबार सरकारी वकिल कार्यालय सुनसरीले उनलाई हाजिरी जमानीमा रिहा गरेको हो ।
राणाविरुद्धको जाहेरी र मिसिल संलग्न प्रमाणहरुले उनीमाथि मुद्धा चलाउनु पर्ने अवस्था नरहेको आदेश जारी गरेको छ ।
गृह मन्त्रालयमा इटहरीकी एक महिलाले संघीय प्रहरी इकाइ धरानको प्रमुखको हैसियतमा रहेकै बेला राणाले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि उनी निलम्बनमा परेका थिए ।
ती महिलाले साताअघि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पनि किटानी जाहेरी दिएकी थिइन् ।
उजुरीपछि राणाले आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेर आत्मसमर्पण गरेका थिए ।
त्यसपछि गत सोमबार राणालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो ।
पीडित महिलाले इटहरीको एक होटलमा लगेर राणाले आफूमाथि बलात्कार गरेको दावी गरेकी छिन् ।