काठमाडौं । आइतबार (हिजो) जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा हेर्दाहेर्दैमा राख्यो ।
आइतबार महराको मुद्दामाथि अन्तिम सुनुवाइ सकिए पनि अदालतको अन्तिम आदेश आएन । समय अभावका कारण आइतबार नै फैसला नभएको हो ।
महराको पक्षमा रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनाली, सवितालगायतले बहस गरेका थिए ।
आइतबार समय अभावले मुद्दा हेर्दाहेर्दैमा राखिएको र सम्भवतः सोमबार फैसला आउने काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।
संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरा पक्राउ परेका हुन् ।
हाल महरा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।
आइतबार अदालतमा महरा हँसिलो पारामा उपस्थित भएका थिए । उनले आफन्त र कानुन व्यवसायीसँग ठट्टा पनि गरेका थिए ।
महराको ठट्टा
- अदालतबाट फैसला भइसक्यो । २० वर्ष जेल बस्नुपर्ने भइसक्यो ।
- म नछुटे पनि केही छैन । ३ महिना १७ दिन बसिसकें, डिल्लीबजार कारागार मेरो लागि घर भैसक्यो ।